न्युजिल्याण्डमा सेतो शार्क टाउको काटिएको अवस्थामा फेला

लोकपथ
520
Shares


काठमाडौं । न्युजिल्याण्डको एउटा समुद्री तटमा टाउको काटिएको अवस्थामा सेतो शार्क फेला परेको छ । उक्त शार्ककको बारेमा अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन् ।

मार्च १५ तारिखमा फेला परेको शार्ककको बारेमा अधिकारीहरुले अनुसन्धान गरिरहेको न्युजविकले जनाएको छ । संकटापन्न अवस्थाको शार्कको विषयमा जानकारी गराउन न्युजिल्याण्डको संरक्षण विभागले जनतासँग अपिल पनि गरेको छ

उक्त शार्क मृत अवस्थामा डुंगा अड्याउने ठाउँमा फेला परेको थियो । संकटापन्न शार्कलाई वन्यजन्तु ऐन १९५३ अन्तर्गत न्युजिल्याण्डमा संरक्षण गरिएको छ । यसलाई मारेमा २ वर्षसम्मको जेल सजाय वा १ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी दुर्घटना वा अन्य कारणले मरेको खबर स्थानीय अधिकारीलाई नगर्दा पनि अनुसन्धानबाट दोषी पाइएमा ६ हजार डलरको जरिवाना हुने व्यवस्था न्युजिल्याण्डको कानुनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?