स्व. कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा माइतीघरमा दीप प्रज्वलन

लोकपथ
91
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा राजधानीको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य बलबहादुर केसीले राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउने बताए । उनले संसदमा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको बताए ।

उनले भने, ‘यो देशमा जुन किसिमको परिस्थिति निर्माण भएको छ । संसदमा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको छ । त्यसलाई सम्हाल्न सकने र ठिक ढंगले अघि लैजान सकेनौँ भने देशको अस्तित्वमै समस्या र संकट आउने स्थिति छ ।’

उनले गिरिजाप्रसाद कोईरालाको पथलाई पछ्याउन सकेमात्रै नेपाली काँग्रेसले देशको राजनीतिलाई सम्हाल्न सक्ने बताए । उनले देशमा विभिन्न खाले समस्या समाधान गर्न युवा पिढीले नेतृत्व गर्ने समय आएको बताए ।

यसैगरी नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोईरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताए ।

उनले गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोईराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’

तरुण दल केन्द्रीय सदस्य निरन्जन थापाको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजय बाबु सिवाकोटी, सांसद प्रकाश स्नेही रसाइलीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?