गृहमन्त्री लामिछानेले राजनीनामा दिनै पर्छ : सांसद राणा

लोकपथ
217
Shares


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद उदय शमशेर राणाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विचार गोष्ठीमा उनले यसको कारण पनि प्रष्ट्याए । आफूविरुद्धको आरोपमा आफ गृह मन्त्रालयमा रहेर लामिछानेले छानबिन गर्न नमिल्ने हुँदा राजीनामा दिएर संसदीय समितिद्धारा छानबिनका लागि बाटो खुल्ला गर्नुपर्ने राणाले बताएका हुन् ।

‘अहिले कांगे्रस के गरिराखेको छ भन्नुहोला, अहिले हामीले चर्को रुपमा अहिलेको गृहमन्त्री लामिछानेका विषयमा चर्को कुरा उठाइराखेका छौं । किनभने यो भन्दा पहिला उहाँ र उहाँको पार्टीका साथीहरुले अत्यन्तै सैद्धान्तिक कुरा गर्नुहुन्थ्यो,’ उनले भने,‘सरकारी पदमा रहेको व्यक्तिमा कुनै आरोप लाग्यो भने छानबिनको बाटो खुल्ला गर्नुपर्छ भनेर बोल्नु भएको थियो तर आज स्वतन्त्र पार्टीका नेता चुइँक्क बोल्दैन । रवि लामिछानेविरुद्ध धेरै आरोप लागेको छ । सहकारी पीडितहरुले उजुरी दिएको छ । हाम्रो एउटा मात्र धारणा हो– छानबिन गर्न पर्छ र त्यसका लागि रवि लामिछानेले राजीनामा दिनुपर्छ । संसदीय समितिबाट छानबिन गर्नुपर्छ ।’

विगतमा पनि पुराना पार्टीका पूर्वमन्त्रीहरुले आफूमाथि सामान्य आरोप लाग्दा पनि संसदीय समिति बनाएर राजीनामा दिएको स्मरण गर्दै लामिछानेको प्रमाणित भइसकेको गम्भीर मुद्दा हुँदा पनि राजीनामा दिन नमानेको भन्दै नेता राणाले आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?