श्रीलंकाले विदेशी जहाजहरूलाई आफ्ना बन्दरगाहमा राख्न अनुमति दिने

काठमाडौं । श्रीलंका सरकारले विदेशी अनुसन्धान जहाजहरूलाई आफ्नो बन्दरगाहमा सामान भर्न र बस्न अनुमति दिने भएको छ।

पहिले प्रतिबन्ध लगाएकोमा श्रीलंकाले हालै जर्मन सर्वेक्षण जहाजहरुलाई भने आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएको हो ।

बन्दरगाहमा रोक लगाएको प्रति आक्रोशित हुँदै चीनले जहाज राख्न नदिने श्रीलंकाको निर्णयप्रति चर्को विरोध समेत गरेको थियो । त्यसपछि श्रीलंका आफ्नो निर्णयबाट पछि हटेको थियो । त्यससँगै श्रीलंकाको बन्दरगाहमा विदेशी जहाजहरूलाई सामान लोड गर्न अनुमति दिएको हो।

भारतले श्रीलंकामा आएका दुई अत्याधुनिक अनुसन्धान जहाजको बारेमा चिन्ता व्यक्त गरेको थियो। त्यसपछि, रनिल विक्रमासिङ्घेको श्रीलंका सरकारले श्रीलंकाको बन्दरगाहमा रोकिने अपतटीय अनुसन्धान जहाजहरूमा एक वर्षको प्रतिबन्ध लगाएको थियो। अब श्रीलंकाले आधिकारिक रूपमा विदेशी जहाजहरूलाई राख्न अनुमति दिने कुरा स्वीकार गरेको छ। तर, श्रीलङ्काको विदेश विभागका प्रवक्ताले जहाजलाई मात्र सामान बोक्न अनुमति दिइएको र उनीहरूले कुनै प्रकारको अनुसन्धान गर्न नपाउने स्पष्ट पारे।

यस महिनाको सुरुमा चिनियाँ जहाजहरू श्रीलंकाको बन्दरगाहमा राखिएको थियो। श्रीलंकाले जर्मन जहाजलाई आफ्नो बन्दरगाहमा राख्न अनुमति दिएको थियो भने फेब्रुअरीमा चिनियाँ जहाजलाई अनुमति दिइएको थिएन।

यसप्रति चीनले असन्तुष्टि व्यक्त गरेको छ । अगस्ट २०२२ मा, एक चिनियाँ जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा राखेको थियो। यसपछि अक्टोबर २०२३ मा पनि कोलम्बो बन्दरगाहमा चिनियाँ अनुसन्धान जहाज रोकिएको थियो । भारतले सुरक्षा चिन्ताको कारणले यसप्रति असन्तुष्टि जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?