प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय क्रिकेटका अध्यक्षको शिष्टाचार भेट

लोकपथ
28
Shares


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए ।
उनले भने, ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ ।

सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्व दिएको छ । आइसीसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’ अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?