नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो

लोकपथ
39
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो ।
बुधबार ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ । कारोकार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ छ । मंगलबार ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ थियो ।
आज ९४ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् भने १४७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज १३ उपसमूहमा माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ ।आज गुर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा भने बढेर सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरी लघुवित्त पनि बढेका छन् ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज सोनापुर मिनरल्स सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख, गुर्खाज फाइनान्सको ७ करोड ४० लाख र फस्र्ट माइक्रो फाइनान्सको ७ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?