‘दलित समुदायलाई माथि उठ्न राज्यले नदिएको गलत भाष्य निर्माण भयो’

लोकपथ
65
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दलित समुदायलाई माथि उठ्न नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका छन् ।

बुधबार राजधानीमा आयोजित ‘राज्यसत्तामा दलित समुदायको पहुँच र मुक्तिका लागि बैचारिक वहस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरि र ति समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक रहेको बताए ।

उनले भने, ‘ केही भएन भन्ने ठाउँबाट केही भएको छ भन्ने ठाउँमा पुगेका छौं । यसलाई किन प्रगति नमान्ने ? दलित समुदायको उत्थान हुन नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण गरिन्छ । म आग्रह गर्न चाहान्छु यस्तो भाष्य निर्माण नगरिदिउँ । यसले जनतामा दलत सन्देश प्रवाह गर्छ । दलित समुदायमा रहेका समस्या र विकृतिहरुको पहिचान गरि र ति समस्याहरुलाई सबै मिलेर निर्मुल पार्न आवश्यक छ ।’

समुदायमा रहेका जातीय विभेदमध्य छुवाछुत एकदमै विकृत र विकराल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई हटाउन सवै वर्ग सजग र सचेत हुन आवश्यक औंल्याए ।

नेपालको संविधानमै समावेशी सहभागिताको प्रबन्ध गरेको उल्लेख गर्दै कार्यान्वयमा लग्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘अलि पढेलेखेका मान्छेको माध्यमबाट गाउँगाउँसम्म पुर्याउन आवश्यक छ । बोलेर होइन व्यवहारमा परिवर्तन आवश्यक छ । अहिलेसम्म दलितसमुदायले पाएका अधिकारहरुलाई अन्दाज गर्न मिल्दैन । सहभागी , सशक्तिकरणका सबै कुराहरु संविधानमा उल्लेख छ । बस आवश्यक्ता यसको कार्यान्वयनको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?