देउवालाई थर्काउन खोज्ने गोविन्दराज कांग्रेसको घेराबन्दीमा

काठमाडौं, १२ कात्तिक— तनुहँ क्षेत्र नम्बर एकमा आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका कांग्रेस नेता गोविन्दराज जोशी तनावमा परेका छन् । उनले टिकटमा दाबी गर्दै आएको भएपनि पार्टीले नेता रामचन्द्र पौडेललाई सो क्षेत्रबाट उठाउने निर्णय गरिसकेको छ उनले पार्टीले निर्णय गरिसक्दा पनि आफैं चुनाव उठ्ने वक्तब्यबाजी गरेको भन्दै तनहुँका कांग्रेस नेताहरुले संयुक्तरुपमा विज्ञप्ति निकालेका छन् उनीहरुले टिकट नपाए स्वतन्त्र उमेदवारी दिनेसम्म बताउने जोशीको अभिव्यक्तिको विज्ञप्ती मार्फत खेद प्रकट गरेका छन् जोशीले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालासँगको बैठकमा देखाएको व्यवहारप्रति असन्तुष्ट समेत जनाएका छन्जोशीले रुख चिन्ह नपाए आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने र यस विषयमा आफूसँग फेरि फोन नगर्नु भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?