राखी सावन्तविरुद्ध मानहानीको मुद्दा

लोकपथ
130
Shares


काठमाडौं। पूर्व नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)का अधिकारी समीर वानखेडेले ‘बिग बोस १४’की प्रतियोगी राखी सावन्त र उनका वकिल अली काशिफ खानविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् । उनले क्षतिपूर्ति रकम ११ लाख रुपैंयाँ मागेका छन् ।

यो मामला मुम्बईमा डिन्डोशी सिटी सिविल कोर्ट, मलाडमा दर्ता गरिएको थियो । समीरले उजुरीमा राखी र अलीले उनको इमेज खराब गर्ने र बदनाम बनाउने कोशिस गरेको उल्लेख गरेका छन् ।यता अलीले भने आफू र राखीमाथि लागेको मानहानीको मुद्दाको बचाउ गरेका छन् । ‘कानूनको व्याख्या छ कि जब जनताको भलाईका लागि सत्य बोलिन्छ, तब कुनै मानहानी हुँदैन । आईपीसीको धारा ४११ मा दोस्रो अपवाद(एक्सेप्शन) ‘पब्लिक कन्डक्ट अफ पब्लिक सर्वोट्स’ छ ।

अर्थात कुनै पब्लिक सर्वेटलाई सार्वजनिक काममा उसको आचरण या क्यारेक्टरका बारेमा नेक नियतले राय दिइन्छ भने त्यो मानहानी होइन’, अलीले भनेका छन् ।

यो मामलामा अदालतमा विचाराधिन छ । अलीले यो मामलाको खरो जवाफ दिने बताएका छन् । ‘यसको मुखभरी जवाफ दिइनेछ । यदी उसले आफ्नो मामला साबित गर्छ भने उसलाई ११ दशमलब ०१ लाख रुपैंयाँ दिनेछु’, अलीले भनेका छन् । यस विषयमा राखीले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले लागुऔषध मामलामा पक्राउ गर्दा राखीले आर्यनको समर्थन गरेकी थिइन् । उनले कैयौं भिडियोमा आर्यन निर्दोष रहेको बताएकी थिइन् । ‘यदी तपाईंहरु सिंह हो भने सिंहसँग लड्नुहोस् । स्याल बनेर बच्चाको शिकार नगर’, राखीले भनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?