आज पनि संसदमा कांग्रेसको हंगामा

लोकपथ
126
Shares
file photo

काठमाडौं । आज बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अवरोधलाई निरन्तरता दिएको छ ।

यसअघि पनि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आइरहेको थियो । त्यसो त मंगलबारको बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेका विषयमा छानबिन गर्न संसदीय समितिको माग समेत गरेको थियो ।

कांग्रेसले निरन्तर संसद अवरोध गर्दै त्यस विषयमा प्रधानमन्त्रीको धारणा माग गरेको थियो । प्रधानमन्त्रीले मंगलबार नै लामिछानेका विषयमा धारणा व्यक्त गरे पनि चित्त नबुझाएको कांग्रेसले आज पुनः संसदमा हंगामा मच्चाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?