आगलागीले मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख रुपैयाँ सहयोग

लोकपथ
0
Shares

भोजपुर । आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गरे ।

३ चैतमा हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो ।
आगलागीले पाँच वर्षीय प्रतिष कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?