२० मङ्सिर २०८०, बुधबार

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा

२०७४,कार्तिक,१२,आईतवार १५:०१

9
Shares

काठमाडौँ, १२ कात्तिक । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी छनोट गरेको हो बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दिप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ नेपाली युवा टिम सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यू–१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ । एसिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठवटा देशको सहभागिता रहने छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १५:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडिहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागि परेको बताएका छन्

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्र्तगत आज हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा

काठमाडौं । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथीको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनभित्रमा पाउने दाबी गरेका छन्

ताजा समाचार