काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न समिति गठन गर्न आग्रह गरेको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेबारे उठेका सवालमा जवाफ दिएका थिए । तर प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै कांग्रेसका प्रमुुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग थप जवाफ माग गरे ।
त्यसअघि बोलेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने कुनै सहकारीको सञ्चालक समिति सदस्य र लेखा समिति सदस्य समेत नरहेको भन्दै उनको सन्दर्भमा आफू क्लियर भएको बताएका थिए । साथै उनकोविरुद्ध उठेका आवाजमा कुनै प्रमाण नभएको जिकिर गरेका थिए ।
त्यसपछि सो विषयमा बोल्दै प्रमुख सचेतक लेखकले सहकारी पीडितले स्वयम प्रधानमन्त्रीलाई नै प्रतिवेदन बुझाएको विषय चाँही कुनै प्रमाण होइन भन्दै प्रश्न गरे ।
साथै उनले संसदबाटै एउटा समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया