गृहमन्त्रीबारे प्रधानमन्त्रीको जवाफ– ‘उहाँ कुनै सहकारीको सदस्य हुनुहुन्न’

लोकपथ
210
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा उठेका सवालका विषयमा जवाफ दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछाने हालसम्म कुनै सहकारीको सञ्चालक समितिको सदस्य, लेखा समिति सदस्य नरहेको बताए ।

‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति लेखा समिति कतै जोडिएको देखिएको छैन ।’
त्यस्तै गृहमन्त्रीको विषयमा भइरहेका चर्चा परिचर्चाको विषयमा प्रमाण नभएको बताए । त्यस्तै

सुर्यदर्शन सहकारीका १ हजार भन्दा बढी पीडितहरुले दरखास्त दिएको तर कुनै व्यक्तिको नाम किटान नगरिएको बताए ।

यसअघि नै लामिछानेविरुद्धका कुराहरु उठे पनि त्यस बेला तत्कालिन सत्तापक्ष रहेका बेला कुनै आवाज नउठेको बताउँदै अहिले नयाँ सरकार बन्ने बित्तिकै त्यसलाई संसद अवरोध गर्ने गरी अघि नबढ्न आग्रह गरे ।

अनुसन्धानबाट केही कैफियत देखिएमा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै लामो संसदीय अध्यासको अनुभव भएको नेपाली कांग्रेसले अनावश्यक राजनीतिककरण भन्दा विभिन्न महत्वपूर्ण विषयमा बहस गर्न अपील गरे ।

‘लामो संसदीय अभ्यासको अनुभव भएको नेपाली कांग्रेस जस्तो पार्टीले यस्तो विषयलाई अनावश्यक राजनीतिकरण गर्नुभन्दा देशमा विद्यमान अन्य महत्वपूर्ण विषयलाई बहसमा ल्याउन अपील गर्दछु ।’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै निरन्तर संसदमा अवरोध खडा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?