अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला, ११ जिल्लामा नयाँ प्रजिअ (सूचीसहित)

लोकपथ
119
Shares

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई तोकेको छ । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा नयाँ महानिर्देशकको रुपमा पठाएको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि विभाग महानिर्देशकविहीन भएको थियो ।

गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको छ ।

यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको छ भने उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ । साथै कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।

त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा पनि गरेको छ । जसमध्ये रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

यस्तै विभिन्न विभाग र कार्यालयमाहरु पनि नयाँ जिम्मेवारी तोकेर सरुवा गरिएका छन् ।

सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?