अस्पतालबाट भागेको अभियुक्त बालाजुबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट भागेको अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलवार स्वास्थ्य परीक्षणका लागि वीर अस्पलात लगिएको बेला १६ वर्षीय किशोर पदम श्रेष्ठलाई बालाजु क्षेत्रबाट महानगरी प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो। 

पक्राउ परेका श्रेष्ठले आमा विरामी भएकाले भागेको दाबी गरेको वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले बताए । 

पक्राउ परेका श्रेष्ठविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने डीएसपी प्रसाईंले बताए । 

उनले एक जना बालिकासँग सहमतिमै शारीरिक सम्पर्क राखेका थिए । तर, नाबालिकासँथ शारीरिक सम्पर्क राखेका कारण उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?