काठमाडौं । नेपाली कांग्रेसले पछिल्ला दिनहरुमा प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विरुद्धमा आज पनि संसदमा कांग्रेसले आवाज उठाएको छ ।
कांग्रेस सांसद दिपक गिरीले पछिल्लो समय सहकारी पीडितहरुको समस्या बग्रेल्ती भए पनि आरोप लागेका व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । साथै उनले स्वार्थ बाझिने गरि प्रधानमन्त्रीले नियुक्त गरेका गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरे ।
आज प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सांसदले उठाएको सवालमा जवाफ दिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया