काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफलका लागि बसेको बैठकमा निष्कर्षविहिन बनेको छ ।
महरा सोमबार पक्राउ परेपछि आज माओवादीको पदाधिकारी बैठक बसेको थियो । तर उक्त बैठकमा महरालाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुन सकेन ।
उक्त विषयमा विभिन्न चरणमा छलफल गर्ने र निष्कर्षमा पुग्ने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् सुन तस्करी गरेको प्रकरणमा सोमबार भैरहवाबाट पक्राउ गरिएको थियो । सोमबार नै उनलाई काठमाडौं ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया