टाइगर र दिशाको ‘हिरो नम्बर १’ स्थगित

लोकपथ
468
Shares

काठमाडाैं। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो । फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए । तर अब भने यो फिल्म नबन्ने भएको छ । फिल्मका निर्माताले यो फिल्मलाई हालका लागि स्थगित गरेका छन् ।


गत वर्षको सेप्टेम्बर र अक्टोबर महिनामा निर्माताले यो फिल्मका लागि एक सानो तालिका तयार पारेका थिए । जसअनुसार यो वर्षको जनवरीमा फिल्मको सुटिङ सुरु हुनुपर्ने थियो । तर अब भने यो फिल्म स्थगित भएको छ ।


फिल्मका निर्देशक जगन शक्ति नयाँ प्रोजेक्टमा व्यस्त छन् । फिल्मका प्राविधिकलाई पनि निर्माताहरुले अन्य ठाउँमा काम गर्न जानु भनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?