चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंको मुद्दा ‘हेर्दाहेर्दैमा’

लोकपथ
208
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।


झापाको बिएण्ड सी मेडिकल कलेज सञ्चालन गरे पनि सरकारले सम्बन्धन नदिएपछि प्रसाईंले त्यसविरुद्ध मुद्दा दायर गरेका थिए ।


प्रसाईंको मुद्दा सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र शारंगा सुवेदीको इजलासमा परेको थियो । उनको तीनवटा रिटलाई एकसाथ राखेर सुुनुवाई भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।


उनको मुद्दाको सुनुवाई भोलिबाट निरन्तर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?