आइसीसी अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगे

लोकपथ
91
Shares


काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्कले काठमाडौं आइपुगेका छन् ।भारतको राजधानी नयाँ दिल्लीबाट नियमित उडानमार्फत काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका छन् ।

अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि विमानस्थल पुगेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका छ ।

अध्यक्ष बार्कले मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको अवलोकन पनि गर्ने छन् ।

यसैगरी बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण गराइने छ । यसैगरी मंगलबार नै प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ ।

उनी बिहीबार विहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुने छन् । भारतमा शुक्रबारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर उनी आफ्नो देश फिर्ता हुने जनाइएको छ ।
ने

पाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलतापछि आइसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?