उपनिर्वाचन : प्रतिनिधि सभामा २० दल दर्ता, प्रदेश सभामा रास्वपाले लिएन भाग (सूचीसहित)

लोकपथ
507
Shares

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभातर्फ २० र प्रदेश सभा तर्फ १९ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगको आह्वान अनुसार राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम १ को अनुसूची–१२ बमोजिम दल दर्ता गराएका हुन् ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभा र बझाङ क्षेत्र नं १ को प्रदेश सभा (क) का लागि निर्वाचन हुन लागेको हो ।

त्यसका लागि प्रतिनिधि सभा तर्फ मंगोल नेशनल अर्गनाइजेसन, नेकपा एकीकृत समाजवादी, नेपाल किसान मजदुर पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरु रहेका छन् ।

त्यस्तै बझाङको प्रदेश सभा तर्फको निर्वाचनमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य दलले दल दर्ता गराएका हुन् ।

रास्वपाले यसअघि नै प्रदेशमा उम्मेदवारी नदिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?