मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमालेबाट यादव बने मन्त्री

लोकपथ
715
Shares

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएको छ ।


मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट सरकारमा सामेल भएका ३ मन्त्रीहरुलाई बर्खास्त गरेर एमालेसँग सत्ता समीकरण बनाउने तयारी गरेका छन् ।


मुख्यमन्त्री यादवले कांग्रेसबाट सहभागि भएका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, गृहमन्त्री मोहम्मद समिम र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कृष्ण यादवलाई बर्खास्त गरेका हुन् । त्यससँगै उनले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका छन् ।


त्यससँगै मधेश प्रदेशमा जसपासहित एमाले, माओवादी केन्द्रसहितको गठबन्धन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?