म्याद थपका लागि महरालाई अदालत लगियो

लोकपथ
351
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पूर्वसभामुख समेत रहेका महरालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले नेपाल न्यूज बैंकसँग पुष्टि गरेका थिए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् । महरा यसअघि सभामुख हुँदा पनि संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?