पशु बीमा कम्पनीलाई ४८ करोड

लोकपथ
169
Shares

काठमाडौं । सरकारले पशु बीमा कम्पनीलाई सहज बनाउन करिब पचास करोड रुपैंयाँ उपलब्ध गराउने गरी स्वीकृति दिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले बीमा कार्यलाई सहयोग गर्न यति बजेट उपलव्ध गराईएको जानकारी दिएकी छन् ।

सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले पशु बीमा कम्पनी चलायमान बनाउन ४८ करोड स्वीकृति भएको बताईन् ।

दुध उत्पादन गरेअनुसार जुन खालको बिक्री वितरण हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै मन्त्री साहले बिक्री वितरण बढाउन आवश्यक रहेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?