काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हातहतियारसहित एक जना पक्राउ परेका छन् ।
सोमबार दिउँसो उनलाई सर्वोच्च परिसरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले लोकपथलाई जारी दिए ।
‘केही थान हातहतियारसहित सर्वोच्च परिसरबाट एक जनालाई पक्राउ गरिएको हो ।’ मैनालीले भने ।
आज सर्वोच्चमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध परेको रिटमा सुनुवाई हुँदैछ । सोही क्रममा सर्वोच्च परिसरबाट उनलाई पक्राउ गरिएको हो । उनी दुर्गा प्रसाईंका बडिगार्ड रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया