भोजपुरमा प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता घिमिरेको मृत्यु

काठमाडौं । भोजपुरमा प्रहरीको गोली लागेर पहिलो पटक नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको मृत्यु भएको छ । 

प्रहरीको गोली लागेर षडानन्द नगरपालिका २, कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको हो । भोजपुरको टेम्केमैयुङ्ग गा

उँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलवार दिउँसो प्रहरीको गोली लागेर घाइते घिमिरेको प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा बाटैमा मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । 

घिमिरेको तिघ्रामा गोली लागेको थियो । 

भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र केही दिनदेखि विप्लवका हतियारधारी समूह घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

गस्तीमा पुगेको प्रहरी टोलीमाथि विप्लव समूहका हतियारधारी कार्यकर्ताले आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ ।

घटना स्थलमा प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ भने विप्लवका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?