परराष्ट्रमन्त्री श्रेष्ठले भने– ‘रुसी सेनामा भर्ती भएकाहरुको करार रद्द गर्ने प्रक्रिया थालिएको छ’

लोकपथ
91
Shares

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र नेपाल फर्किन चाहनेहरुका लागि पहल भइरहेको बताएका छन् ।


आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ती भइ नेपाल फर्किन चाहनेहरुको करार अवधी रद्द गर्न रुसी विदेश मन्त्रालयले सहमति जनाएको बताए । तर त्यसको मोडालिटी तयार हुन बाँकी रहेको बताए ।

‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ। तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।’ परराष्ट्रमन्त्री श्रेष्ठले भने ।


त्यस्तै रुसी सेनामा भर्ती भइ मृत्यु भएकाहरुको परिवारलाई राहत र क्षतीपुर्ति दिने तयारी रहेको समेत बताए ।
रुस युक्रेन युद्दपछि धेरै नेपालीहरु अवैध बाटोबाट रुसी सेनामा भर्ती भइरहेका छन् । तर धेरै नेपालीहरुको सो क्रममा मृत्यु भएपछि संसदमा निरन्तर त्यस विषयमा आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?