चर्चामा फिल्म ‘द क्रु’

लोकपथ
70
Shares

काठमाडौं । बलिउड अभिनेत्री करिना कपूर खान, तब्बु र कृति सेनन अभिनित फिल्म ‘द क्रु’ यतिबेला चर्चामा छ । भर्खरै फिल्मको ट्रेलर सर्वजनिक भएसँगै दर्शकहरुमा उत्सुकता बढिरहेको छ ।

फिल्ममा तीनै अभिनेत्रीले कोहिनूर नामको एयरलाइन्समा काम गर्ने एयर होस्टेसको भूमिका निर्वाह गरेका छन् ।

राजेश कृष्णनले निर्देशन गरेको यो फिल्म एकता कपूर, शोभा कपूर, अनिल कपूर र रिया कपूरद्वारा निर्मित रहेको छ ।

फिल्ममा करीना, कृति र तब्बूसँगै दिलजीत दोसाँझ, कपिल शर्मा, राजेश शर्मालगायत कलाकारको अभिनय रहेको छ। यो फिल्म मार्च २९ मा हलहरुमा रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?