सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण

लोकपथ
143
Shares

काठमाडौं । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनाम गेल्जेन शेर्पाले सोमबार पद वहाली गरेका छन् ।

सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पदवहालीपछि उनले संघीयता कार्यान्वयनको लागि समितिले सरकारलाई सहजीकरण गर्नेगरी काम गर्ने बताए ।

उनले भने, ‘हामी सरकारको प्रतिपक्ष भन्दापनि सरकारलाई राम्रो काम गर्न सहजीकरण गर्दै काम गर्ने वातावरण मेरो कार्यकालमा बनाउँछु ।’

उनले समितिको फराकिलो कार्यक्षेत्रको दायरालाई घटाएर संघीयता कार्यान्वयन र सवलीकरणका लागि आफ्नो कार्यकालमा काम गर्ने बताए ।

‘हामी समितिमा धेरै विषयलाई समेट्ने भन्दा पनि रिजन बेसमा काम गछौं ’ शेर्पाले भने ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो । संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ । सोहीअनुसार नेकपा (एमाले)का शेर्पा निविरोध सभापति चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?