पक्राउ परेका महरालाई सीआईबी पुर्‍याइयो

लोकपथ
156
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी पुर्‍याइएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीबाट पक्राउ परेका महरालाई आजै यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याएर सीआईबी पुर्‍याइएको हो ।

सिआईबीको निगरानीमा रहेका महरालाई प्रहरीले आजै बिहान रुपन्देहीबाट पक्राउ गरेको थियो।

महराले इलेक्ट्रोनिक चुरोट ९भेप० भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मु‍द्दा चलाउन सिफारिस गरेको थियो।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिएका थिए । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?