सहिदहरुलाई १० लाख रुपैयाँ दिनु ब्रम्हलुट भएन र ? : दिपक सिंह

लोकपथ
325
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले सहिदहरुलाई १० लाख रुपैयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए ।

उनले भने, ‘यसअघिको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गर्यो । १०/१० लाख दिने भन्ने निर्णय गर्यो । यस्तो कति दिनसम्म चल्छ ? त्यो पैसा त्यहा दिनुभन्दा देशको निमार्ण गर्ने निर्माणकर्ताहरुको बाँकी भुक्तानीमा लगाएको खण्डमा निर्माणकर्ताहरु बाँच्छन् । सहिदहरु १० लाख र अन्य कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?