संसदमा गगन : महरा पक्राउ परेपछि सरकारलाई धन्यवाद, रविप्रति कटाक्ष (भिडियोसहित)

लोकपथ
1.8k
Shares

काठमाडौं । सुन प्रकरणमा माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेसँगै कांग्रेस सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै केही दिन अघि आयोगले बुझाएको प्रतिवेदनका आधारमा सरकारले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै धन्यवाद दिएका हुन् । साथै आयोगले किटान गरेको कुनै पनि व्यक्तिलाई छाड्न नहुने भन्दै सरकार दर्बिलो ढंगले लाग्नुपर्नेमा जोड दिए ।


‘आयोगले प्रतिवेदन बुझायो हामीले भर्खरै समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ । यो आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्नुहुन्न ।’ उनले भने ।

यसअघि नेकपा एमालेले सो विषयमा आवाज नउठाएको भए आज सो विषयमा महरा पक्राउ नपर्ने भन्दै आज आफूहरु प्रतिपक्षमा रहेका कारण त्यस्ता अन्य विषयहरुमा आफूहरुले आवाज नउठाएमा अन्य काण्डहरु सेलाएर जाने बताए ।
त्यसैगरी सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति गृहमन्त्री भएको भन्दै पीडितहरुले न्याय पाउनेमा शंका रहेको भन्दै आक्रोस समेत व्यक्त गरे ।


गोरखा मिडिया प्रालिले विभिन्न सहकारीबाट अर्बौँ रुपैयाँ ऋण लिएर अपचलन गरेको र त्यसमा जोडिएका लामिछानेले स्पष्टीकरण चित्त बुझ्दो नभएको समेत बताए । लामिछानेले आफ्नो नाम कसैले लगिदिएको भन्दै गरेको बचाउ न्यायसंगत नभएको बताए । साथै उक्त विषयलाई राम्रोसँग छानबिन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?