जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

लोकपथ
91
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन् ।

सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण गर्ने बताइन् ।

उनले भनिन्, ‘कार्यशालाको मुख्य उद्देश्य जैविक विषादीहरुको प्रभावकारी व्यवस्थापन र प्रयोगमा सहभागीहरुको ज्ञान र सिप अभिवृद्धि गर्नु हो । जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको लागि दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्दछ । दिगो कृषिलाई बढाउन र वातावरणको संरक्षण गर्ने हाम्रो प्रतिबद्धतासँग पनि यो मेल खान्छ ।’यस्तो प्रयासले कृषिमा दिगो विकासको दिशामा महत्वपूर्ण कदम भएको भन्दै यसमा सहभागी सबैलाई धन्यवाद पनि प्रदान गरेकी छिन् ।

उनले भनिन्, ‘यस्तो प्रयासले कृषिमा दिगो विकास र बाली संरक्षणको दिशामा महत्वपूर्ण कदम हो । यस महत्वपूर्ण कार्यशालाको लागि अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुलाई एकै ठाउँमा भेला गर्ने सहयोगीहरुहरु धन्यवाद व्यक्त गर्न चहान्छु । चीन सरकारलाई सहयोगको लागि पनि धन्यवाद दिन चहान्छु ।’

जैविक विषादीहरुको प्रयोगलाई बढावा दिनु र किसानलाई तालिम दिनु जिम्मेवारी भएको भन्दै यसबाट कृषिलाई लचिलो बनाई वातावरण पनि रक्षा गर्न सक्ने उनको भनाई छ । यसमा सहभागी देशहरुबिच ज्ञान र अनुभवहरु आदानप्रदान गरेर जैविक विषादी व्यवस्थापनमा क्षमतालाई बलियो बनाउन उनको भनाइ छ । विश्व व्यापार संगठन, अन्तराष्ट्रिय विरुवा संरक्षण महासन्धि र एसिया प्यासेफिक प्लान प्रोटेक्सन कमिशनको सदस्य राष्ट्रको हैसियतले नेपाल आक्रमणकारी सत्रुसँग जुध्न विश्वव्यापी सहयोगको महत्वलाई आफूहरुले बुझेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?