नेसपाले गर्‍यो यादव पक्षले माओवादीसँग गरेको पार्टी एकता खारेज

लोकपथ
329
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग गरेको पार्टी एकता खारेज गरेको छ ।

आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।

यस्तै आज बसेको बैठकले सोमबार बस्ने बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यलाई पदमुक्त गरिने निर्णय गरेको छ ।

शनिबार नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?