प्रसूति गृहबाट बालिका चोर्ने महिलालाई डेढलाख धरौटीमा छाड्न अदालतको आदेश

लोकपथ
98
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरेको आरोप लागेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । दैलेखको नौमुले घर भएकी २४ वर्षीया मनकुमारी फागुन ११ मा बच्चा चोरेको आरोपमा पक्राउ परेकी थिइन् ।

२६ दिने बालिका चोरीमा संलग्न सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने सबिना श्रेष्ठबाट जन्मिएकी बालिका चोरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?