पोखरा पर्यटन राजधानी घोषणा : ‘गलबन्दी च्यातियो…’ मा छमछमी नाचे प्रधानमन्त्री

लोकपथ
175
Shares

काठमाडाैं । आज पर्यटकीय नगर पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको छ ।


पोखरामा भएको एक विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको घोषणा गरेका हुन् ।


जहाँ प्रधानमन्त्रीसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज चालिसे लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले पोखरा पर्यटनको केन्द्र रहेको बताउँदै पर्यटन राजधानी घोषणा गर्न पाउँदा खुसी लागेको बताए ।


सो क्रममा लोकप्रिय गायक प्रमोद खरेल, प्रकाश सपुत लगायतले सांगितीक प्रस्तुती समेत दिएका थिए । प्रमोद खरेलले ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ लगायत गीतहरु गाएका थिए । त्यस्तै अहिलेका सर्वाधिक लोकप्रिय अर्का गायक प्रकाश सपुतले पोखरा सम्बन्धित गीतहरु गाएका थिए । उनको चर्चित गीत गलबन्दी च्यातियो गाएका थिए ।


सो क्रममा प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री पाण्डे, पूर्वमुख्यमन्त्री अधिकारी र मेयर चालिसे एकै मञ्चमा छमछमी नाचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?