काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा जोडिएका पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।
आज बसेको उच्चस्तरीय बैठकमा गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् ।
गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजीपी वसन्तबहादुर कुँवर र सीआइबी प्रमुख श्यामलाल ज्ञवालीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले भेपमा सुन ल्याएको प्रकरणमा जोडिएका महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
यसअघि बुधबार सुन प्रकरण छानबिनका लागि गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको र सो प्रतिवेदनमा महरा जोडिएको राय व्यक्त गरिएको थियो ।
त्यस्तै आज मन्त्रालयमा भएको भेटघाटमा गृहमन्त्री लामिछानेले बाँसबारी छाला, जुुत्ता कारखानाको हिनामिना जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया थाल्न समेत निर्देशन दिए । साथै त्यसका लागि सिजी ग्रुपका मालिक समेत रहेका कांग्रेस सांसद विनोद चौधरीलाई बयानमा बोलाउन समेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया