सिड्नी ब्लुज’मा पुष्प र अञ्जनाको जोडी

लोकपथ
130
Shares

काठमाडौं । निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्म ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्ष र पुष्पबीच गत शुक्रबार कागजी सम्झौता भएको छ ।

हाल प्रि­–प्रोडक्सनमा रहेको फिल्ममा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर ठकुरीलगायतको अभिनय छ । शिवको भने यो ‘डेब्यू’ फिल्म हो ।

निर्देशक कार्कीका अनुसार २०२४ को जुनबाट छायांकनमा जाने फिल्मले आफ्नो देशको सम्भावनालाई लत्याएर विदेशी जीवन बिताउने वर्तमान युवाहरूको कथा देखाउने बताए ।

‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर र तर यथार्थमा अन्धकार छ । त्योे युवकको कथा यो फिल्ममार्फत भन्ने प्रयास गर्नेछु’, निर्देशक कार्कीले भने ।

फिल्मको छायांकन अष्ट्रेलियामा ७० प्रतिशत र बाँकी नेपालमा हुनेछ । निर्देशक कार्कीका अनुसार फिल्ममा ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’ प्रविधि प्रयोग गरिनेछ ।

अभिनेता पुष्पले फिल्ममा आफ्नो चार किसिमको लुक्स हुने खुलाए । शिव आर ठकुरीको कथा रहेको फिल्ममा किरण घिमिरे(माइकल)को पटकथा, सुसन प्रजापतिको छायांकन, प्रकाश हमालको निर्माण व्यवस्थापन, कुटुम्ब ब्याण्डको पाश्र्व ध्वनि र रामजी लामिछानेको छायांकन हुनेछ ।

आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले निर्माण गर्ने फिल्मको रिलिज २०२४ को डिसेम्बरमा हुनेछ । फिल्ममा आरती शाही निर्माता, तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एसोसिएट निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?