सामूहिक हत्या प्रकरणः झुण्डिएका व्यक्ति नै ‘मर्डरर’ भएको आशंका, अनुसन्धान जारी

झुन्डिएको अवस्थामा फेला परेका व्यक्ति हत्या गरिएका बमबहादुर  फियाकका कान्छा ज्वाई भएको अनुसन्धानबाट खुलेको छ । 

पाँचथरको मिक्लाजुङ्मा भएको सामूहिक हत्या घटनास्थल नजिकै मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएको शवको सनाखत भएको हो ।

 झुन्डिएको अवस्थामा फेला परेका ती व्यक्ति मानबहादुर माखिम हुन् । उनी हत्या गरिएका फियाकका साख्यै कान्छा ज्वाई हुन् । 

मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा गए राति दुई परिवारका नौजनाको हत्या भएको थियो। 

घटनास्थल बजार क्षेत्रबाट दुईसय मिटर मात्र टाढा छ । सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएतापनि अनुसन्धानमा खटिएको प्रहरीका लागि झुण्डिएको अवस्थाको शव थप रहस्यमय भएको छ।

दुई परिवारविच पहिले देखिनै सम्वन्ध राम्रो नभएका कारण ज्वाईले नै घटनामा संलग्न भएको अनुमान स्थानीयले प्रहरीसँग गरेका छन् । 

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो ।

 
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। घाइते सीता खजुमको सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ । उनको उपचार भइरहेको छ । 

 

अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् ।

‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।  घटनापछि त्रसित स्थानीय घटनास्थल जम्मा भएका छन् ।  प्रहरीले अनुसन्धान जारी राखेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?