प्रिमियर लिगमा फुलह्याम र बर्नले विजयी

लोकपथ
65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित निकाल्दा लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् ।
शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे ।

खेलको ४२ औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औं मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो ।यस्तै, ६१ औं मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३–० को सहज जित निकाल्न सफल भयो ।

जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए ।

तर, ८३ औं मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औं तथा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएका छन् । ३४ औं मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औं मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औं तथा लुटन १८ औं स्थानमा छ । प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?