ललितपुर । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् ।
कान्तिपुर इन्टर नेशनल कलेज अफ इञ्जिनियरिङ ललितपुरले गरेको कार्यक्रममा उपाध्यक्ष मैनालीले संगठनलाई मजबुत, जनमुखी र विद्यार्थीको हकहितमा केन्द्रीत गर्नका लागि अनुशासन आवश्यक भएको बताए ।
मैनालीले माओवादी र अखिल क्रान्तिकारीलाई बिग्रिने छुट नभएको भन्दै कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए । शहीद पूर्ण पौडेल र बेनोज अधिकारीले बोकेको र उनीहरुको रगतले रंगिएको झण्डाको अपमान गर्ने छुट कसैलाई पनि नभएको उनले बताए । व्यक्ति केन्द्रीत स्वार्थका लागि अराजकता मच्याउने र समानान्तर संगठन चलाउने अधिकार पनि कसैलाई पनि नभएको भन्दै उनले आक्रोश व्यक्त गरे । काठमाडौं उपत्यकाका केही क्याम्पसमा समानान्तर कमिटी देखिएपछि मैनालीले त्यसको खुलेर विरोध गरेका हुन् । ‘ शहीदको अपमान गर्दै समानान्तर गतिविधि गर्ने र स्वार्थपुरा गर्ने अधिकार कसैलाई छैन उनले भने, शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरुको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ । ’
माओवादी सकिँदा देश बन्ने कि नबन्ने भन्ने अवस्था सिर्जना हुने भन्दै मैनालीले माओवादीलाई कस्तो बनाउने भन्ने अखिल क्रान्तिकारीकै हातमा रहेको बताए ।
‘माओवादी बन्नु र सकिनुसँग देशको भविष्य जोडिएको छ । माओवादी सकिँदा पछिल्ला सबै उपलब्धिसहित मुलुकका एक तिहाई जनजाति, त्यतिनै संख्याका मधेशी र करिब २४ लाख दलितको अधिकार जोखिममा पर्छ । सीमान्त ठाउँबाट राजनीतिमा आएकाहरु समस्यामा पर्छन ।’ मैनालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया