खुला दौडमा प्रशान्त र जुही प्रथम

लोकपथ
91
Shares

विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् ।

पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

दुवै विजेताले १५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो बने । महिलातर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो भए ।

दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडीहरूले जनही नगद १०, हजार, ५ हजार प्राप्त गरे ।

यसैगरी, चौथो, पाचौ, छैठौ र सातौँ स्थानमा पुरुषतर्फ समिर कन्दङवा, विशाल राई, रोदन राई, एन्जल राई र महिलातर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनिता राई बने ।

धरान–१८ रत्न चोकबाट सुरु भएको दौड मंगलबारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा पुगेर समापन भएको थियो ।

गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा भएको प्रतियोगितामासुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सयभन्दा बढी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?