ढुवानी सेवा सम्बन्धी छुट्टै ऐन निर्माण आवश्यक : मन्त्री गिरी

लोकपथ
247
Shares

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक रहेको बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले ढुवानी व्यवसायको जुन प्रकृति हेर्दा छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस भएको बताएका हुन् ।


उनले भने,‘मलाई यस क्षेत्रमा गहिरो ज्ञान त छैन् । मलाई भन्दा यस क्षेत्रको ज्ञान तपाईहरुलाई हजार गुणा बढि छ । मैले बाहिरबाट देखेजस्तो नहुन सक्छ । तर मलाई के लाग्दै छ भने ढुवानी व्यवसायको जुन प्रकृति छ । यसलाई हेर्दा ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस हुँदैछ । त्यसको लागि तपाईहरु मस्यौदा गर्नुहोस् । मलाई लेखेरै दिनुहोस् मलाई सघाउनुहोस् ।’


मन्त्री गिरीले ढुवानी व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताए । सानो आकारमा पुँजीबाट काम गर्नेलाई महत्वको साथ नलिने र सँधैभरी उपेक्षा गर्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु अप्ठ्यारोमा परेको उनको भनाई छ । उनले आफुले जिम्मेवार ढङ्ले ढुवानी व्यवसायको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?