नौजनाको हत्या भएको घरनजिक झुण्डिएको अवस्थामा युवकको शव फेला

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो ।

अज्ञात समूहले बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।

 

दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरको सामूहिक हत्या प्रकरण : अनुसन्धानका लागि हिँड्यो सीआईबीको टोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?