चीनमा उत्तर कोरियाली महिलालाई यसरी बनाइन्छ देह व्यापार गर्न बाध्य

एजेन्सी । उत्तर कोरियाका हजारौं महिलाहरुले चीनमा देह व्यापार गर्ने गरेको तथ्य बाहिर आएको छ । 

हरेक वर्ष उत्तर कोरियाली महिलाहरु देह व्यापारका लागि चीन लाने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । लण्डनस्थित कोरिया फ्यूचर इनिशियटिवको रिपोर्ट अनुुसार उत्तर कोरियाका महिलाहरुलाई अपहरण गरि चीनको ‘रेड लाइट एरिया’मा बेच्ने गरेको पाइएको छ । 

साथै रिपोर्टका अनुसार उत्तर कोरियाली महिलाहरुलाई चीनको पुरुषहरुसँग विवाह गर्न पनि विवश पार्ने गरेको खुलेको छ ।  चीनको अपराधिक संगठन ‘सेक्स ट्रेड’ महिला तथा बालबालिका बेचविखनमा सक्रिय रहेको बताइएको छ । 

उत्तर कोरियाका महिलाहरु ‘सेक्स ट्रेड’ फस्ने गरेको यदि उनीहरु स्वदेश फर्कन चाहेमा लाखौँ डलर तिर्नुपर्ने पनि जनाइएको छ । 

लेखक योन ही सोनका अनुसार उत्तर कोरियाका महिलाहरु ३० चाइनिज युआनको देह व्यापार गर्ने गरेको बताए । ‘यहा महिलाहरु ३० युआनको लागि आफ्नो शरिर बेच्नु पर्ने बाध्यता छ, कसैले एक हजार युआन दिएमा उक्त युवतीलाई विवाह गर्नेका लागि चीनको पुरुषलाई बेच्ने गर्छ’, उनले भने । 

रिपोटका अनुसार उत्तर कोरियाली महिलाहरुलाई उत्तर पूर्वी चीनको जिल्लामा रहेको ‘रेड लाइट एरिया’मा बंधक बनाएर राख्ने गरेको पाइएको छ । जहाँ आबादी प्रवासी कामगारों बढी मात्रामा बसोबास गर्छन् । 

यौन उत्पीडनको शिकार बन्ने महिलाहरुमा अधिकांसको उमेर आठदेखि नौ वर्षसम्मको रहेको जनाइएको छ । ती बालिकाहरुको यौन शोषण गर्नेमा धेरै दक्षिण कोरियाली पुरुषहरु रहेको पनि बताइएको छ । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?