जसपा महाधिवेशनबारे छलफल गर्न केन्द्रीय प्रचार विभागको बैठक बस्दै

लोकपथ
65
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ ।

आज दिउँसो १ बजे विभागको कार्यालयमा बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको तयारीका बारेमा छलफल गरिने छ ।

जसपाको आगामी जेठ २८ गतेदेखि सुरु हुने महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समितिले काम थालेको जनाउँदै महाधिवेशन धनुषामा हुने तय भएको प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?