हरेक दिन राजीनामा दिउँ भन्ने लाग्छ, तर चुनाव अघि दिन्न : प्रधानमन्त्री ट्रुडो

लोकपथ
377
Shares

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताएका छन् । उनले हरेक दिन राजिनामा दिने बारे आफूले सोच्ने गरेको  धारणा व्यक्त गरेका छन् ।

रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु । राजिनामा दिने विचार दिनहुँ आउँछ ।’ उक्त भनाईलाई टु«डो आफैंले पागल कुराको रुपमा पनि टिप्पणी गरेका छन् ।

जस्टिन पियरे जेम्स ट्रुडो २०१५ को नोभेम्बरमा क्यानाडाको २३ औं प्रधानमन्त्री बनेका थिए । उनी सन् २०१३ देखि लिबरल पार्टीको नेता पनि छन् । क्यानडामा अर्को वर्षको अक्टोबरमा आम चुनाव हुँदै छ ।

आगामी चुनावको तयारीमा रहेको उनको पार्टी र उनी सर्वेक्षण अनुसार पछाडि छन् । अहिले लिबरल पार्टी भन्दा कन्जरभेटिभ पार्टी क्यानडामा सशक्त रुपमा अघि बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो  समय लोकप्रियता पनि गुमाउँदै गएको प्रधानमन्त्री ट्रुडोले चुनाव अगाडि भने राजीनामा नदिने पनि रेडियो अन्तर्वार्तामा भनेका छन् । उनले भने– ‘म लोकप्रिय बन्नको लागि राजनीतिमा आएको होइन र राजनीतिमा आउनुको मेरो कुनै व्यक्तिगत कारण पनि छैन । म जनताको सेवा गर्नको लागि राजनीतिज्ञ बनेको छु र त्यो गरिरहेको छु भन्ने मलाई थाहा छ ।’

ट्रुडो प्रधानमन्त्री हुनुअघि शिक्षक थिए । क्यानडाको इतिहासमा जो क्लार्कपछि उनी दोस्रो कान्छो प्रधानमन्त्री हुन् । उनका पिता पियरे ट्रुडो क्यानडाका प्रधानमन्त्री पनि थिए । पियरे र जस्टिन क्यानडाको प्रधानमन्त्री हुने पहिलो बुवा छोराको जोडी पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?