यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ ।

शनिबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा कारोबार रकम तोकिएको छ । 

त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसामा कारोबार भएको थियो । बिहीबार भने पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा तोकिएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

शुक्रबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?