बाबुरामले गठन गरेको नेसपा फुट्यो, माओवादीसँग पार्टी एकता सहमती 

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबिच पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ ।

सहमती पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो ।

सहमतीमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

यी हुन् दुई पार्टीका बीचमा र्भको पार्टी एकता गर्ने चार बुँदे सहमती

१. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।

२ बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ ।

३ एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।

४ पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?